Aparaibhasit

Aparaibhasit

Swar

26 views

Swar - Aparaibhasit Lyrics:

भ्रम नै होस् मनको खुसी नै छु म 

माया धेरै धेरै गर्छु , तर अर्थ केही छैन 


भावनाहरु पोखुँ पनि अधिकार छैन 

तर यो नमान कि भावना नै छैन


तिमी कल्पना हौ, बास्तबिकता मा छैनौ 

मेरो भ्रम हौ, परिभाषित मैले गर्न सक्दिन 

तिमी मेरा, हरेक चाहना अनि बाहना हौ


मेरो मन भित्रका हरेक खुसी हौ

मेरो सपना भरी तिमी तिमी नै  छौ

मेरो जीवन भरी तिमी रहनेछौ

मेरो मृत्यु सँगै, तिमी पनि मर्नेछौ


हौ सपना मलाई बिउँझाइदेउन 

हौ चाहना तर केही चाहन्न 

भ्रम होस तर खुसी नै छु म 

यो माया हो तर अर्थ केही छैन 


मेरो मन भित्र का हरेक खुसी हौ 

मेरो सपना भरी तिमी तिमी नै  छौ 

मेरो जीवन भरी तिमी रहनेछौ 

मेरो मृत्यु सँगै, तिमी पनि मर्नेछौ


भ्रम नै होस मनको तर खुसी नै छु म

अस्पष्ट हुन् उदाशी होस तर

मनका डरलाग्दा ति भावना होलान् 

मुटुमा राखीसके तर । 


मेरो मन भित्र का हरेक खुसी हौ 

मेरो सपना भरी तिमी तिमी नै  छौ 

मेरो जीवन भरी तिमी रहनेछौ 

मेरो मृत्यु सँगै तिमी पनि मर्नेछौ |

Last updated 9 months ago

Share this song:

Similar Songs